नेपाली महिला फुटबल टोली आज भारतसँग भिड्दै

भारतमा जारी महिला गोल्डकप फुटबलको दोस्रो खेलमा नेपालले सोमबार घरेलु टोली भारतको सामना गर्दै छ । पहिलो खेलमा म्यानमारसँग पराजित नेपालले अघिल्लो चरण पुग्न आजको खेल जित्नैपर्ने दबाब छ । नेपाल र भारतबीचको खेल उडिसास्थित कालिंगाका रंगशालामा नेपाली समयअनुसार आज साँझ ७ बजे शुरु हुनेछ । घरेलु टोलीविरुद्ध मैदान उत्रँदा नेपालको लक्ष्य पहिलो जितको खोजीमा…