पाँचथरको फिदिम नगरपालिका–१० खलङगाटारमा निर्माणाधीन इमानसिं रंगशाला निर्माण शुरु भएको दश वर्षसम्ममा पनि पूरा हुन सकेको छैन । विसं २०६४ बाट निर्माण शुरु भएको जिल्लाको एक मात्र ‘इलेभेन’ साइजको खेलमैदान बजेट अभाव लगायतका विविध कारणले निर्माण कार्यले अझैसम्म पूर्णता नपाएको हो । सेभेन साइजमा रहेको खेलमैदान स्थानीयवासीको परिकल्पनामा रंगशाला निर्माण थालिएको थियो । निर्माणका लागि…