अस्मितालाई मलेसियामा कांस्य पदक

नेपालकी अस्मिता खड्काले मलेसियामा जारी मलेसिया ओपन तेक्वान्दो च्याम्पियनसिपको महिला ४९ केजीमुनि शनिबार कांस्य जितेकी छन् । अस्मिताले पहिलो चरणमा मलेसियाकी खेलाडीलाई ६–४ ले पराजित गरिन् भने अर्को चरणमा अस्ट्रेलियाकी खेलाडीलाई १७–१६ ले हराएको नेपाल तेक्वान्दो संघका सचिव दीपक विष्टले जनाएका छन् । सेमिफाइनलमा अस्मिता मलेसियाकी खेलाडीसंग ९–१३ ले चुकेपछि कांस्यमा सीमित भइन् । सचिव…