पारसको जन्मदिनमा भजन र पूजा

पूर्वयुवराज पारस शाहको ४७औँ जन्मदिनको अवसरमा भजन, चण्डीपाठ तथा अन्य पूजाआजा गरिने भएको छ । समाजसेवी राधेश्याम थापाका अनुसार पूर्वयुवराज पारसको सुस्वास्थ्य तथा दीर्घायुका लागि विभिन्न धार्मिक अनुष्ठान गर्न लागिएको हो । यसअघिका जन्मदिनहरूमा झैँ यसपटक पनि सबै प्रकारका कार्यक्रम गरिनेछ । पूर्वयुवराजको जन्मदिनमा पूजा गरी प्रसाद ग्रहणका लागि उहाँसमक्ष पु¥याइने राधेश्याम थापाले बताउनुभयो ।…