अनुसन्धानको पखाईमा लामातालको यो रूख

– मुक्तिनाथ भुसाल अर्घाखाँची जिल्लाको जलुगे–४ मा रहेको लामाताल आफैँमा रमणीय स्थान हो । प्युठान र अर्घाखाँचीको सिमानामा बगिरहेको राप्ती नदी, वरिपरिको हरियाली, समथर मिलेको लामातालको बस्ती यहाँको प्रमुख आकर्षणका रूपमा लिन सकिन्छ । लामातालदेखि करिब १५ मिनेटको पैदल यात्रामा पुगिने अलपत्र अवस्थामा रहेको नौमुरे जलविद्युत्, त्यसबाट केही अघि बढेपछि माडी र झिमरुक नदीको संगम…