ललितपुर उपमहानगर चोला बदलेर महानगरमा रूपान्तरित भएको छ । काठमाडौं उपत्यकाभित्र बसोबासका लागि सर्वाधिक उपयुक्त मानिने ललितपुर कुनै समय वामपन्थी कम्युनिस्टहरूको एकछत्र प्रभाव भूमि मानिन्थ्यो । नेपाली काङ्गे्रसका संस्थापक एवम् सन्तनेता कृष्णप्रसाद भट्टराईदेखि नेताहरू योगप्रसाद उपाध्याय, ओमकारप्रसाद श्रेष्ठ, वासु रिसाल र बेनीबहादुर कार्कीसम्मको वासस्थल रहेको ललितपुरको रूप र आकार परिवर्तन हुँदै जाँदा त्यहाँका जनताले दिने…