गैरआवासीय नेपाली सङ्घ युरोप क्षेत्रले 'Partnership in Action for Transformation' भन्ने नाराका साथ आगामी सेप्टेम्बर २४ र २५ तारिकका दिन स्विडेनको राजधानी स्टकहोममा १४औँ युरोपियन क्षेत्रिय बैठकसँगै युवा सम्मेलन र १२औँ महिला एवम् विज्ञ सम्मेलनको आयोजना गरेको छ । युरोप क्षेत्रले भेला आयोजनाका निमित्त आन्तरिक तयारीहरूलाई लगभग पूरा गरिसकेको सङ्घले जनाएको छ । भेलालाई सफल…