हिट थोरै, फ्लप धेरै नेपाली चलचित्र प्रदर्शन हुने हल थोरै, नेपाली चलचित्र हेर्ने दर्शकको सङ्ख्या थोरै, चलचित्र बनाउँदा हुने नाफा थोरै, तर चलचित्रको सङ्ख्या र घाटा भने धेरै । सुन्दा अटपटे लाग्छ, तर वास्तविकता यही नै हो । विगतका वर्षजस्तै नेपाली चलचित्र क्षेत्रका लागि ०७० मा पनि सङ्ख्यात्मक हिसाबले वृद्धि र गुणात्मक रूपमा कमी आयो…