एनेकपा माओवादीका अध्यक्ष प्रचण्डले आफ्नो एक मात्र छोरा प्रकाश दाहाल (साकार) असाध्यै सोझो मानिस भएको बताउनुभएको छ । छोराले घर छाडेर हिँड्दा कस्तो लागेको छ भन्ने जिज्ञाशाको जवाफ दिँदै उहाँले भन्नुभएको छ, ‘मानवीय मन भएका सबैलाई पीडा त भइहाल्छ । मेरा निम्ति यो धेरै अनौठो विषय होइन । छोराछोरी भनेजस्तै हुनुपर्छ भन्ने कुरा हुँदैन ।…