प्रचण्ड – ढोँग कि मुलुकप्रतिको चिन्ता ?

क्यान्टोन्मेन्टको साँचो विशेष समितिलाई बुझाउने निर्णयले सरकारको नेतृत्व गरिरहेको दल माओवादीभित्र तुफान खडा गरिदिएको छ । पहिले नै सहमति बनिसकेको भनी र्सार्वजनिक भएको चाबी हस्तान्तरणको विषयमा माओवादीको हार्डलाइनर खेमाका रूपमा परिचित वैद्य ? समूहले प्रदर्शन गरेको रवैयालाई माओवादीभित्रै र इतर पक्षबाट पनि अत्यन्त अस्वाभाविक, अमर्यादित र असान्दरि्भक रूपमा हेरिएको छ । पद सम्हालेलगत्तै सुधारका काममा…