अधीर-अस्थिर एमाले

सोह्रपटकका निर्वाचनबाट पनि नयाँ प्रधानमन्त्री निर्वाचन हुन नसकिरहेको विडम्बनायुक्त राजनीतिक परिवेशबीच आज बुधबार सत्रौँपटक प्रधानमन्त्रीको निर्वाचन हुँदै छ । तर, सत्रौँ निर्वाचनपछि पनि प्रधानमन्त्री चयन नहुने परिस्थिति मजबुत बन्न पुगेको छ । नयाँ प्रधानमन्त्री निर्वाचनमा हालसम्म गतिरोधको गाँठो बन्दै आएको एमालेको अस्पष्ट भूमिका तथा सो दलका अध्यक्षको आफैं प्रधानमन्त्री बन्ने अभीष्टका कारण बहालवाला प्रधानमन्त्रीले राजीनामा…