माओवादी लडाकालाई सरकारको विशेष समितिमातहत तुल्याइएको सर्न्दर्भलाई आफ्नो कार्यकालको उल्लेख्य तथा अत्यन्त महत्त्वपूर्ण उपलब्धिका रूपमा कामचलाउ सरकारका प्रधानमन्त्रीबाट व्याख्या गरिने क्रमले निरन्तरता पाइरहेकै छ । अपेक्षा नगरिएको अवधि प्रधानमन्त्रीका रूपमा गुजारिरहेका र सङ्क्रमणकालीन गम्भीर तथा जटिल राजनीतिक चरणबाट देश गुज्रिरहेको परिवेशबीच देशको लगाम हातमा हु“दा कुनै ऐतिहासिक काम देखाउन नसकेका व्यक्तिका लागि विगतमा विद्रोहको उपद्रव…