…तर नेपाल दाइजो हुन सक्दैन

राणाको जहानियाँ शासनको उत्तर्रार्धतिर त्यसै शासनबाट कर उठाउने ठेक्का पाएका एक ब्राह्मणले दुस्साहस देखाए । ब्राह्मण नभएको भए त्यस्तो दुस्साहस गर्ने थिए वा थिएनन् भन्न सकिन्न । ब्रह्महत्याको पापको डरले राणाहरू ब्राह्मणलाई सास्ती त दिन सक्थे तर ज्यान लिँदैनथे । ती ब्राह्मणले आफूले पठाउनुपर्ने करको किस्ता रकमको बदलामा एउटा भरियाको फाटेको मैलो र जुम्रासहितको भोटो…