संसद् अधिवेशनको तिथि(पुस २५) नजिकिँदै जाँदा नेपाली राजनीतिमा धु्रवीकरण र षड्यन्त्रको सिलसिला पनि बढ्दै गएको छ । मूलतः लोकतन्त्रवादी र अधिनायकवादीबीचको टक्करबाट पैदा भएको तनावले यतिबेला देशको राजनीतिलाई अन्योलपूर्ण र तनावमय बनाएको छ । तर, रोचक पक्ष के छ भने कतिपय सचेतजस्ता लाग्ने मानिसले पनि लोकतन्त्रवाद र अधिनायकवादलाई बराबरीमा राखेर विश्लेषण गर्ने एवम् धारणा बनाउने…