-प्रकाश के.सी., रोक्न खोज्दा खोज्दै बाँध भत्किएझैँ फुत्किएको एउटा लामो सुस्केराले अन्तःस्करणभित्रको भुँईचालोको 'उथलपुथल' आँखाको पानीसँगै 'छताछुल्ल' बनाउँछ र खडेरीले 'चिरा-चिरा' पारेझैँ नियतिका समतलभरि कुलेसो बनाउँदै बग्छन्, मनभित्रका समवेदनाहरु । वाफ जमेको ऐना जस्तै स्मृतिपटलभरि धूमिल-धूमिल आकृतिहरु, मधुर सम्झनाहरु जस्ता सजीव रहन्नन्, रहन्छन् ती लामो-लामो सुस्केराहरु, पर्दाभित्र र बाहिरका अथवा नेपथ्यका अवयवहरु चर्किएर अनि टुक्रिएर…