लिम्बुवान । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले मंसिर २ गते नौ जिल्ला लिम्बुवान र काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुमार्फत् प्रधानमन्त्री र सभामुखलाई लिम्बुवानको मागहरु तत्काल सम्बोधन गर्न अल्टिमेटमसहितको ज्ञापन-पत्र बुझाएको छ । गत असोजमा लिम्बुवानको विजयपुर धरानमा सम्पन्न परिषदको तेस्रो विस्तारित बैठकले गरेको निर्णय र कार्यदिशा अनुसार आफ्ना मागहरु पूरा गराउन…