चुलिएको महँगी र अकर्मण्य सरकार

लामो समयदेखि देशमा स्थिर, बलियो र सक्षम सरकार नहुँदाको पीडा भोगिरहेका नेपाली जनता यतिबेला त्यसको थप कष्ट झेलिरहेका छन् । राजनीतिक सङ्क्रमणका कारण लुलो र नदेखिने तहमा ओर्लिएको सरकार आस्तित्वरक्षाकै लागि फट्फटाइरहेको छ र पनि आफ्नो हैसियत बिर्सिएर यदाकदा देश र जनहितका लागि मरिमेट्ने वाचा गर्छ । ठूला-ठूला विकास-निर्माण र युगानुरूप प्रतिस्पर्धामा उत्रने कुरा त…