-प्रकाश के.सी., यो प्रयोग होइन । आविस्कारक बन्ने कुनै चाहना अन्तर्निहित भएर रहेका छैनन् । कौतूहलता पटक्कै जागेको होइन । फगत, समय हुँदो हो पर्याप्त, सायद । त्यसैले झ्याल ढोका पूर्ण बन्द गरेकोछु । बत्तीहरु निभाएको छु । र यस्तो अन्धकारमा छु कि, आफैलाई देख्दिनँ । निष्पष्ट अन्धकारमा म अस्तित्वविहीन भएको छु । हुन सक्छ,…