यसरी पनि सोच्ने कि ?-बबिता बस्नेत

वर्षभरिको सबैभन्दा ठूलो चाडका रूपमा मनाइँदै आएको दसैं भर्खरै सकिएको छ । दसैं सकिए पनि यसको 'ह्याङओभर' उत्रिएको छैन, हाम्रा लागि दसैं नै यस्तो चाड हो जो आउनुभन्दा धेरै अघिदेखि सकिएको निकै पछिसम्म चर्चामा रहन्छ । दसैंअघि साथीहरू, नातेदार जो-जहाँ भेटिए पनि पहिलो वाक्य हुन्छ, दसैं कता - दसैंमा के गर्ने ? या कसरी मनाउने…