मान्छेको ठूलो शत्रु रिस र आवेश

-सुमल कुमार गुरुङ, आज मलाई भर्खरै एकजना साथीले ई-मेलबाट पठाएका घटनाको विवरणले मेरो आत्माको भित्री तहसम्म छिचोल्यो । म एकछिनको लागि अनुभूतिको पीडाले हातको औलाहरु छाम्न पुगें, जुन बच्चामाथि यो पाशविक रिस खनिएको थियो, मैले बच्चाको पीडायुक्त दयानीय अबोध मुहारको कल्पना गर्दा मेरा आँखाहरु सजल भए । मन थाम्न नसकी केही हराफहरु यहाँ उतार्दै छु…