चिनौं काङ्ग्रेसका प्रत्याशीहरू

ओमकारप्रसाद श्रेष्ठ, ललितपुर वि.सं. १९९७ सालमा जन्मेर ०१२ सालमा नेपाली काङ्ग्रेसको सदस्यता ग्रहण गर्नुहुने ओमकारप्रसाद श्रेष्ठ पुराना, अनुभवी र एक निष्ठावान काङ्ग्रेस नेताका रूपमा सुपरिचित हुनुहुन्छ । ०१४ सालमा भद्रअवज्ञा आन्दोलनमा सक्रिय सहभागिता जनाएपछि सोही वर्ष पार्टीको सक्रिय सदस्यता हासिल गर्नुहुने ओमकारले ०१५ सालको आमनिर्वाचनमा विशेष सक्रियता दर्शाएर पार्टीको ध्यान आफूतिर खिच्नुभयो भने ०१६ सालमा…