पाउण्ड स्टर्लिङको मोहले यस्तै भएँ

-सुमल कुमार गुरुङ, आज मोहम्मद असलम चौधरीको नयाँ नोकरीमा पहिलो दिन हो । सिलिक्क परेको पातलो जिउ, चट्ट कमिज र जिनको पतलुनमा निकै फुर्ती र जाँगर देखाउँदै हुभर लगाउँदै छ । निधारमा चिट्चिट् अलि-अलि पसिनाको थोपा-थोपा निस्केर कञ्चटको बाटो हुँदै झर्दैछन् । मैले उसको अनुहार र शरीरको बनावट हेरेर बंगलादेशी नै हुनुपर्छ भन्ने अन्दाज लगाएँ…