गणतन्त्रमा- इन्द्रकुमार श्रेष्ठ

गणतन्त्रमा सबैजना ढाँट्न तयार छन् सबैजना ठग्न तयार छन् सबैजना धम्की दिन तयार छन् सबैजना कुट्न तयार छन् वीर गोर्खालीको सन्तान पो त ! त्यस्तै परे ज्यान मार्न पनि तयार छन् गणतन्त्रमा कोहीदेखि कोही पनि टेर्दैन कसैले कसैलाई फर्केर पनि हेर्दैनर् कर्तव्य, अनुशासन कता गए कुन्नि अधिकारबाहेकका कुरै हुँदैन । सुशासन र शान्तिसुरक्षा कहाँ विलाए…