कम्युनिस्ट काइदा ! -देवप्रकाश त्रिपाठी

साम्यवाद स्थापनाको स्वप्न अभियानमा सरिक कम्युनिस्टहरूको विचार र व्यवहारबीचको परस्पर विपरीत प्रवृत्तिले 'दर्शकदीर्घा'का मानिसहरूलाई रोमाञ्चकारी मनोरञ्जन उपलब्ध गराउने क्रममा यसपटक अर्को एउटा दृष्टान्त थपिन पुगेको छ । चतुर मानिसहरू कम्युनिस्ट बन्छन् या कम्युनिस्ट भएपछि मानिस चतुर हुन्छन् भन्ने प्रश्नको गाँठो फुकाउनतिर नलागीकन भन्ने हो भने समग्रमा कम्युनिस्टहरू चतुर हुन्छन् र आफू वस्त्रविहीन भइसक्दा पनि चतुर्‍याइँ…