क्षेत्रीय रंगशाला भूमाफियाको जालमा

-श्रीविक्रम भण्डारी पूर्वाञ्चलमा समग्र खेलकुदको विकासलाई मध्यनजर राख्दै क्षेत्रीय रंगशालाको निर्माण गर्ने निर्णय गरिएको थियो । यसका लागि सुनसरीका धरान, इटहरी र इनरुवा पहिलो रोजाइमा परेका थिए । यी स्थानहरू छनोटमा परेपछि स्थानीय बासिन्दा क्षेत्रीय रंगशालाको निर्माण आफ्नो क्षेत्रमा हुनुपर्ने माग राख्दै आन्दोलनमा समेत उत्रिएका थिए । तीनै क्षेत्रका बासिन्दाले पटक-पटक आन्दोलन गरी दवाब दिएपछि…