डोनेस्क ‘नायक’को सम्मानमा उर्लियो मानवसागर

यूक्रेनी पृथकतावादी नेताको गत शुक्रबार भएको हत्याको विरोध गर्दै हजारौँको सङ्ख्यामा डोनेस्कमा जम्मा भएका नागरिकले उनको सम्झना तथा सम्मानमा आइतबार गरिएको शोक ऱ्यालीमा सहभागिता जनाएका छन् । रूसी राष्ट्रपतिका समर्थकले मृतक ४२ बर्षीय अलेक्जेन्डर जाखारचेन्कोलाई यूक्रेनी नायकको नामले सम्बोधन गर्ने गर्थे । दशौँ हजारको सङ्ख्यामा सहभागी भएका डोनेस्कबासीले शुक्रबार एउटा रेष्टुरेन्टमा बिष्फोटमा मारिएका जाखारचेन्कोको अन्तिम…