अफगानिस्तानको सार–ए–पोलमा आक्रमण, ५० को मृत्यु

अफगानिस्तानको उत्तरी प्रान्त सार–ए–पोलमा भएको विद्रोही आक्रमणमा ५० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अधिकांश महिला तथा बालबालिका रहेका छन् । सो प्रान्तका प्रशासकले बीबीसीलाई बताए अनुसार विद्रोहीले मिर्जावालङ क्षेत्रमा सुरक्षा शिविरमा आक्रमण गर्दै गाउँमा प्रवेश गरेका थिए र गैरसैनिक व्यक्तिलाई अन्धाधुन्ध आक्रमण गरेका थिए । अफगानि अधिकारीहरुले उक्त आक्रमण तालिवान र इस्लामिक स्टेट…