आचारसंहिता मान्छौँ भन्दै नेताहरुले गरे यस्तो कबुलियतनामा !

व्यवस्थापिका–संसदमा प्रतिनिधित्व गर्ने प्रमुख दलका शीर्ष नेताले आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन आचारसंहिता अक्षरशः पालना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन र आचारसंहिता पालनाबारे राजनीतिक दलसँग निर्वाचन आयोगले शुक्रबार गरेको छलफलमा उनीहरूले सो प्रतिबद्धता व्यक्त गरेका हुन् । नेतहरूको प्रतिबद्धता पत्रमा भनिएको छ, ‘निर्वाचन लोकतन्त्रको आधारशिला भएको…