लामाको बास्केटबल अध्यक्ष पद पनि धरापमा

– श्रीविक्रम भण्डारी नेपाली खेलकुदका ‘डन’को रूपमा परिचित लामा टेण्डी शेर्पालाई गत साता मन्त्रीस्तरीय निर्णय गर्दै युवा तथा खेलकुद मन्त्रालयले खेलकुदबाट अलग राख्ने निर्णय गरेको थियो । उक्त पत्रमा लामा संलग्न रहेको भन्सारसम्बन्धी मुद्दा चलिरहेको र निज हाल धरौटी बुझाई तारेखमा रहेकाले सो मुद्दा हालसम्म अन्तिम फैसला भइनसकेको अवस्था भएकाले मुद्दा फैसला नहुन्जेलसम्म निजलाई जिम्मेवारीबाट…