‘तीन तलाक’को हिंसा र उन्मुक्तिको बाटो

– ममता शर्मा नेपाल गत साता भारतको सर्वोच्च अदालतले ‘ट्रिपल तलाक’ (तीन पटक ‘तलाक’ उच्चारण) को सामाजिक अभ्यासलाई असंंवैधानिक घोषणा गरेको छ । तत्काल तीन पटक तलाक भनेको अर्थ हुन्छ– ‘म तिमीसँग सम्बन्ध विच्छेद गर्छु ।’ यस्तो अभ्यास भारतका केही मुसलमान समुदायमा रहेको थियो । स्पष्ट छ, तीन तलाकको यस्तो उद्घोष एकतर्फी हुन्छ । पितृसत्तात्मक…