राजमार्ग निर्माण भएको ११ महीना बित्न लाग्दा पनि धादिङको गल्छीदेखि त्रिशूली, मैलुङ स्याफ्रुबेँसी हुँदै रसुवागढीतर्फको अन्तराष्ट्रिय राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन । नेपाल–चीनबीच दुई देशको व्यापार व्यवसाय अभिवृद्धिमा सहज पार्ने उद्देश्यले नेपाली सेनामार्फत गत वर्ष निर्माण भएको मैलुङ–स्याफ्रुबँेसी खण्डको १७ किलोमिटर दोहोरो लेन सडकको नयाँ ट्रयाक खोलिए पनि अहिलेसम्म सञ्चालनमा नल्याई राज्यको लगानीमा सडक…