बेथिति र भ्रष्टाचारका प्रकरणलाई हत्केलाले सूर्य छोपेझैँ गरेर सामसुम पार्न खोज्ने वर्तमान शीर्ष सत्ताधारीहरूको हर्कतपछि मिलिभगतमा देशको दोहन गर्न खोज्नेहरू किन ‘लोकतन्त्र/गणतन्त्र’को राग अलाप्छन् भन्ने प्रश्नको थप जवाफ प्राप्त भएको छ । जनस्तर एवम् सचेत तप्काबाट बेथिति र भ्रष्टाचारको विरोध प्रकट गरिँदा पुराना तथा ठूला भनिने राजनीतिक दलका नेताहरू ‘लोकतन्त्र-गणतन्त्र’को दुहाई दिँदै ‘व्यवस्था उल्टाउन प्रतिगामी…