सगरमाथाको अगाडि उभिँदा मैले आमाबुबाले दशैँमा टीका लगाउँदै दिएको आशीर्वाद सम्झिएँ- ‘शीर सधैं उचो होस्, सगरमाथाको शिखरमा पुग्नु !’ शिखरमा नपुगे पनि म सगरमाथाको आधार शिबिरमा थिएँ र मनोबल थप उच्च भएको थियो । बबिता बस्नेत जीवनमा कहिल्यै कल्पना नगरेको ठाउँमा पुगियो भने कस्तो अनुभूति हुन्छ ? कस्तो हो कस्तो, खास सोचिएकै हुँदैन । सगरमाथा…