किन हुन्छ कम्युनिष्टको बहुरूप ?

एमसीसी अनुमोदन हुन नसक्ने भनी नेपालका कम्युनिष्टहरूले चीनलाई विश्वास दिलाएका हुन सक्छन्, यिनले पश्चिमाहरूलाई पनि एमसीसी अनुमोदन हुने विश्वास दिलाउँदै आएका थिए । सत्ता पनि नगुमाउने, चीनलाई पनि भुलभुलैयामा राख्ने, नेपाली जनतालाई ‘उल्लु’ बनाइरहने र एमसीसी अनुमोदन गराएर आफूहरूको छाला जोगाइरहने ‘टयाक्टिकल मूव’ कम्युनिष्टहरूले गरेका हुन् । देवप्रकाश त्रिपाठी ‘एमसीसी’ प्रकरणमा कम्युनिष्टहरूको तरिकाले आमनेपाली र…