नेपालको इतिहासमै पहिलो महिला प्रधानन्यायाधीश बन्ने अवसर पाउनुभएकी सुशीला कार्कीले सर्वोच्च अदालतको नेतृत्व सम्हाल्ने शपथ लिँदै गर्दा सिङ्गै मुलुकले उहाँमाथि गर्व गरेको थियो । हक्की स्वभावकी निष्कलङ्क नारी पात्र हुनुको नाताले पनि अविष्मरणीय कार्य गरेर इतिहास रच्न सक्ने आँकलनका साथ उहाँमाथि बधाईको ओइरो लाग्यो । लोभलालचमा नफस्ने, आस र त्रासबाट मुक्त व्यक्तित्व सर्वोच्च अदालत सम्हाल्ने…