– दीपेन्द्र पाण्डे धनीको विरोध गर्नेहरू छ्यासछ्यास्ती भेटिन्छन्, तर धनको विरोध गर्नेचाहिँ मुस्किलले भेटिन्छन् । उखानै छ, ‘धन भनेपछि महादेवको पनि तीन नेत्र !’ कैलाशवासी महादेवलाई समेत प्रभावित गर्न सक्ने धनले पृथ्वीवासी मनुष्यलाई प्रभावित नगर्ने कुरै भएन । अहिलेको वैश्ययुगमा धनले नपिरोलेको क्षेत्र र मानिस भेटिनु भनेको स्यालको सिङ मिलेजस्तै हो भन्छन् भुक्तभोगी बूढापाकाहरू ।…