संविधानसभाको निर्वाचनका लागि जिल्ला–जिल्लाबाट उम्मेदवारको नाम केन्द्रमा पठाउन दलहरू तदारुकताका साथ लागिरहेका बेला निर्वाचनमा महिलाको ३३ प्रतिशत सहभागिता अनिवार्य गर्नका लागि जोडतोडले आवाज उठिरहेको छ । यदि यो मुलुकमा फेरि संविधानसभाको निर्वाचन भयो भने महिलाको ३३ प्रतिशत सहभागितालाई सुनिश्चित गरिनुपर्छ भनेर अधिकारवादीहरूले विभिन्न प्रयास गरिरहेका छन् । यसअघिको संविधानसभामा ३३ प्रतिशत महिला सहभागिता रहे पनि…