पृथ्वीनारायण शाहलाई बद्नाम गराउने विदेशी

■ स्वयम्भुनाथ कार्की नेपालको एकीकरणलाई अवमूल्यन गर्ने जमातले चर्को रूपमा पृथ्वीनारायण शाहलाई आततायी सावित गर्न प्रयोग गर्ने गरेको कुरा कीर्तिपुरेमाथि गरिएको भनेको कथित अन्याय हो । कीर्तिपुरको विजयपछि रिसले चुर भएर पृथ्वीनारायण शाहले कीर्तिपुरेहरूको नाककान काटेको कुरा उनीहरू अगाडि सार्ने गर्दछन् । नेपालको एकीकरणको अभियानमा उनले कीर्तिपुर मात्र सर (विजय) गरेका थिएनन् न त कीर्तिपुर…