खम्बुवान कि किराँत प्रदेश ?

-किन्दर राई, पृष्टभूमिः नेपाल संघीय गणतन्त्रमा जाने निश्चित प्रायः भएको हालको सन्दर्भमा पूर्वी नेपालको किरात जातिहरुमा पनि आफ्नो संघीयताको संरचनाको बारेमा सामान्य बहसदेखि सशक्त आन्दोलनका कुराहरुसम्म चलिरहेको छ । सबैले जानिरहेको तथ्यलाई हेर्ने हो भने पूर्वी नेपालको लिम्बू, राई, सुनुवार र याक्खालाई नै किरात भनिन्छ । इतिहासका अनुमानका हरफ र विभिन्न विद्धानहरुको हवाला दिएर कतिपयले…