–हरदम कोइराला निकम्मा प्रमाणित भई स्वाभाविक मृत्युवरण गर्न पुगेको संविधानसभालाई पुनस्र्थापित गर्ने आकाङ्क्षा विभिन्न राजनीतिक दलसम्बद्ध नेताहरूले प्रकट गर्न थालेका छन् । दुई वर्षका लागि निर्वाचित संविधानसभाको आयु दोब्बर थप गर्दा पनि संविधान निर्माण गर्न असफल संविधानसभालाई पुनः स्थापित गर्न सकिने विचार प्रकट हुँदा यसले राजनीतिक दलका नेताहरूको टिठलाग्दो रूप र अवस्था मात्र प्रस्तुत गरेको…