०६८ साल असोज ८ गते यस साप्ताहिकका नाममा प्रेस काउन्सिल नेपालले एउटा पत्र पठायो । राजाको शासनकालमा माथवरसिंह बस्नेत प्रेस काउन्सिलको अध्यक्ष भएका बेला पटकपटक प्रेस काउन्सिलका चेतावनी पत्र प्राप्त हुने गरेका भए पनि त्यसपछि खासै पढ्न पाइएको थिएन । त्यतिबेला भने कहिले नवलपरासीमा माओवादीविरुद्ध राजावादीहरूले प्रतिकार समिति गठन गरेको समाचार किन छापेको भन्दै त…