बाहिरी व्यक्तित्व हेर्दा कलाकारजस्तो देखिए पनि प्रचण्डले अपनाउनुभएको 'पेसा' कलाकारिता होइन, उहाँलाई सबैले माओवादीको मुख्य नेताका रूपमा चिन्ने गरेका छन् । एकपटक 'निर्णायक' आन्दोलनमा रौनक ल्याउन एउटी हिरोइनसँग सिंहदरबारको अघिल्तिर नृत्य गर्दा प्रचण्ड साँच्चै कलाकारजस्तै देखिनुभएको महसुस देख्नेहरूले गरेका थिए । तर, प्रचण्ड वास्तवमै कलाकार हुनुहुन्छ र उहाँले स्कुलेजीवनमा प्रस्तुत गर्नुभएको कलाकारिता मानिसहरू अहिले पनि…