नेपालको तराईबाट पहाडी जिल्ला जोड्ने अधिकांश सडक चुरे र महाभारत शृङ्खला पार गरेर जाने हुँदा सामान्य वर्षामा पनि पहिरोको जोखिम रहने गरेको छ । २५-३० वर्षअघिसम्म सुरुङ मार्ग बनाउने कुरा निकै कठिन र खर्चिलो मानिन्थ्यो । स्वयम् इन्जिनियरहरु पनि यसको पक्षमा थिएनन् । तर अहिले विश्वव्यापी रुपमै प्रविधिको विकाससँगै सुरुङ मार्गलाई निकै सुरक्षित र कम…