दाहाल-नेपाल समूहको नेकपाले पार्टी नेता माधवकुमार नेपाललाई सर्वसम्मत ढङ्गले पार्टी अध्यक्षमा चयन गरेको छ । बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा पुष्पकमल दाहालको अध्यक्षतामा मंगलबार बसेको बैठकले पूर्वप्रधानमन्त्री नेपाललाई अध्यक्षमा चयन गरेको हो । पार्टी अध्यक्ष ओलीले पार्टी अनुशासनको गम्भीर उल्लङ्घन गरेको ठहर गर्दै बैठकले पार्टी अन्तरिम विधानानुसार अनुशासनको कारबाही गरी उहाँलाई अध्यक्षको जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको…