काङ्ग्रेस राष्ट्रिय सभा दलको नेतामा पाण्डे

राष्ट्रिय सभामा नेपाली काङ्ग्रेस संसदीय दलको नेतामा सुरेन्द्रराज पाण्डे मनोनयन भएका छन् । पार्टी सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले आज बुधबार सांसद पाण्डेलाई राष्ट्रिय सभाका लागि संसदीय दलको नेतामा मनोनयन गरेका हुन् । पार्टी संसदीय दलको विधान (संशोधन तथा परिमार्जनसहित, २०७४) को धारा १२ को उपधारा (१) बमोजिम पाण्डेलाई मनोनयन गरिएको काङ्गे्रसका मुख्य…