गोविन्द केसी अचानक प्रशासनमा किन पुगे ?

डा. गोविन्द केसी अचानक बुधबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा अचानक पुगेका छन् । केसी केही आफ्ना शुभेच्छुकका साथमा प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकताको प्रतिलिपी माग गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिन पुगेका हुन । निवेदनमा डा. केसीसँगै अधिवक्ता ओमप्रकाश अर्याल, डा. सुरेन्द्र भण्डारीको हस्ताक्षर छ । उनीहरुले पराजुलीको नाममा फरक फरक समयमा जारी भएको नागरिकताको…