प्रदेश राजधानी र प्रदेश प्रमुख नतोक्दै सरकारले राष्ट्रियसभाको निर्वाचन माघ २४ गते गर्ने निर्णय गरेको छ । आकस्मिक बोलाइएको मन्त्रिपरिषद् बैठकले निर्वाचन आयोगको परामर्शमा माघ २४ गतेका लागि राष्ट्रियसभा निर्वाचनको मिति तय गरेको हो । शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको वैठकले प्रदेशलाई थाती राख्दै राष्ट्रियसभाको निर्वाचन माघ २४ गतेका लागि तोक्ने निर्णय गरेको छ…