युवा–विद्यार्थी संगठनहरूले प्रतिनिधिसभाको समानुपातिकतर्फको मत परिमाण सार्वजनिक गर्न र पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गर्न माग गर्दै प्रर्दशन गरेका छन् । प्रदर्शनीमार्गसिथ्त रत्नराज्य क्याम्पस अगाडिबाट निकालिएको जुलुस भद्रकाली, नयाँ सडक हँुदै रत्नपार्कस्थित शान्तिवाटिकामा पुगेर समापन भएको अनेरास्ववियुका सचिव सुदेश पराजुलीले जानकारी दिए । प्रदर्शनीमा ‘पेट्रोलियम पदार्थको वृद्धि मूल्य फिर्ता गर’, ‘अविलम्ब प्रतिनिधिसभाको मत परिमाण सार्वजनिक…