बौद्धमा ‘प्रहरी मेरो साथी’

बौद्ध क्षेत्रको शान्ति सुरक्षासम्बन्धी सर्वसाधारणको गुनासो सुन्ने उद्देश्यले सार्वजनिक सुनुवाइ तथा अन्तरक्रिया सम्पन्न भएको छ । बौद्ध सामुदायिक सेवा केन्द्रको आयोजनामा बौद्धस्तुप परिसरमा शनिबार आयोजित उक्त कार्यक्रम ‘प्रहरी मेरो साथी’ अभियानलाई लक्षित गर्दै सम्पन्न गरिएको हो । अन्तरक्रियामा विभिन्न स्कुलमा अध्ययनरत विद्यार्थी, युवा, महिला तथा व्यवसायी सङ्घसंस्थाका तर्फबाट शान्तिसुरक्षाको सन्दर्भमा उठाइएका समसामयिक प्रश्नमाथि प्रमुख अतिथि…