आगामी असोज २ गते हुन गइरहेको स्थानीय तहको तेस्रो चरणको निर्वाचन प्रचार–प्रसारका लागि यतिबेला नेकपा (एमाले)को सिङ्गै नेतृत्व मूलतः प्रदेश नं. २ का आठ जिल्ला सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा केन्द्रित भइरहेको देखिँदै छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले भदौ ३० गते जितपुर–सिमरा उपमहानगरपालिका तथा बर्दिबास नगरपालिकालगायतका चुनावी सभा तथा…