बहुप्रतिक्षीत भरतपुर १९ को मतगणना विवाद मामलामा सर्वोच्च अदालतको फैसला आएको छ । मतगणना विवादमा फैसला गर्दै सर्वोच्चले पुनः मतदान गर्न आदेश दिएको छ । न्यायाधीश ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले आइतबार भरतपुर–१९ मा पुनः मतदान गर्ने आदेश दिएको हो ।