नेपालमा इसाईकरणका निम्ति सहयोग पुर्याउँदै आएका मुलुकमध्येको एक डेनमार्कले डा. बाबुराम भट्टराईलाई सङ्गठन विस्तार निम्ति दुई करोड चार लाख रुपैयाँ आर्थिक सहयोग गरेको समाचार प्राप्त भएको छ । काठमाडौंस्थित डेनिस दूतावास सूत्रले जनाएअनुसार डेनमार्कको अल्टरनेटिभ पार्टीको तर्फबाट डा. भट्टराईलाई उक्त रकम सहयोग भएको हो । बाबुरामले उक्त रकम पार्टी सदस्यहरूको सङ्ख्या बढाउने र सङ्गठन विस्तार…